तपाईँ सुन्दै हुनुहुन्छः

पानी लिन निस्केकी महिला मृत फेला

दाङ । दाङको तुलसीपुरमा खानेपानी लिन खोलामा गएकी महिला मृत फेला परेकी छन् ।

रोल्पा रुन्टिगढी गाउँपालिका ६ बेतनी निवासी ४३ वर्षीया बसन्ती सार्की गएको बुधबार तुलसीपुर १९ सुन्दरखोला स्थित पानी लिन भनि निस्केकोमा घर नफर्किएपछि खोजी गर्दा शनिबार मृत फेला परेकी हुन् ।

शनिबार दिउसो ३ बजेतिर घरदेखि करिब ४ किलोमिटर तल तुलसीपुर १९ दुम्रीचौर स्थित ग्वारखोलाको सहायक हँगालामा मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button