तपाईँ सुन्दै हुनुहुन्छः

यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते

चितवन । नारायणग मुग्लिन सडकखण्ड अन्तर्गत घुमाउनेमा बस दुर्घटना भएको छ । दुर्घटनामा १५ यात्रु घाईते भएका छन भने ती मध्ये दुईको अवस्था गम्भिर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान सवा ७ बजे महेन्द्रनगरबाट काठमाडौं जांँदै गरेको सु.प्र.प्र.०२–००१ ख १३३२ नम्बरको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित घुमाउनेमा दुर्घटना भएको थियो । बस अनियन्त्रित भई सडक साइडको डिभाइडरमा ठोक्किदा १५ यात्रु घाईते भएको प्रहरीले जनाएको छ । ती सबै घाईतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अहिले उक्त सडकखण्ड एकतफी सञ्चालन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button