तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा वडा अध्यक्ष सिर्पालीको मृत्यु

रुकुम पूर्व । बागलुङमा आज बिहान भएको दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तगरगंगा गाउँपालिका वडा नम्बर २ का अध्यक्षको पनि मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउने मध्ये वडा नम्बर २ का वडा अध्यक्ष जसबहादुर सिर्पाली पनि रहेको घटनास्थलमा रहनुभएका दुधसिंह बुढाले जानकारी दिनुभयो ।

रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको पनि मृत्यु भएको छ । उपाध्यक्ष, उहाँकी आमा गोपीमाया बुढा र वडाध्यक्ष सिर्पाली गरी तीन जनाको मृत्यु भएको छ । 

चालक घाइते भएको बुझिएको छ । चालकको अहिले धौलागिरि अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button