तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा सुधारको जिम्मेवारी हाम्रो काँधमा आएको छ : सभामुख घिमिरे

सिन्धुपाल्चोक । सभामुख देवराज घिमिरेले शिक्षा सुधारको जिम्मेवारी आफूहरूको काँधमा आएको बताउनुभएको छ ।

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित चौतारा बहुमुखी क्याम्पसको २४ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै सभामुख घिमिरेले अरू कसैको योगदान, नीति र नियमले शिक्षामा सुधार गर्न नसक्ने भन्दै आफूहरूले बनाएको नीति नियमले नै शिक्षामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै प्रभावकारी ढङ्गबाट सञ्चालन गर्ने शिक्षित जनशक्तिबाट देश निर्माणमा योगदान हुने, शिक्षा हासिल गरेका विद्यार्थीहरू बेरोजगार बस्नु नपर्ने र शिक्षार्थीहरूलाई अनेक खालका सुविधाको वातावरण निर्माण गर्ने जस्ता कार्यमार्फत शिक्षामा सुधार गर्न सकिने उहाँको भनाइ छ ।

उहाँले यी सुधारहरूका लागि अरू कसैले निर्माण गरेका नियम, कानून वा ऐनबाट नभइ आफूहरूले नै निर्माण गरेको नियम, कानून र ऐनहरूबाट मात्र सम्भव हुने धारणा राख्नुभयो ।

निराशाबाट आफ्नो भविष्य विदेशमा खोज्नका लागि भौतारिरहेका युवा जनशक्तिलाई व्यवहारिक र वैज्ञानिक शिक्षा प्रदान गर्दै नेपालमा नै भविष्य खोज्ने वातावरण सिर्जना गर्नका लागि आफूहरू लागिपरेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button