तपाईँ सुन्दै हुनुहुन्छः

सर्पको टोकाईबाट एकै घरका दुई बालिकाको मृत्यु 

धनगढी । कैलालीमा सर्पको टोकाईबाट एकै घरका दुई बालिकाको मृत्यु भएको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ ।

विषालु सर्पको टोकाईबाट गौरीगङ्गा नगरपालिका ७ कि ४ बर्षिया मिता घर्तीमगर र ७ बर्षिया काजल घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कविन्द्र बोहराले बताउनुभयो । दुवै बालिकालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उहाँले बताउनुभयो । 

गएराती घरमा हजुर आमासँगै सुतेका बेला उनीहरुलाई सर्पले टोकेको बताइएको छ । सर्पको टोकाईबाट सिकिस्त (बालिकाकी हजुरआमा) मेनका घर्तीमगरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको डिएसपी बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button