तपाईँ सुन्दै हुनुहुन्छः

अपडेट : बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

गोरखा । तनहुँको आँबुखैरेनीस्थित ऐना पहरा भन्ने ठाउँमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । प्रहरीका अनुसार बसमा सवार ४३ मध्ये २२ जना घाइते भएका छन् भने १ जना अझै बेपत्ता छन् ।

घाइतेमध्ये १२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत ३:१५ बजे काठमाडौँ लगिएको हो । उनीहरूको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

दुई दिनअघि (भदौ ५) गते भारतको गोरखपुर हुँदै पोखरा पुगेका भारतीय पर्यटकहरू शुक्रबार बिहान काठमाडौँका लागि पोखराबाट हिँडेका थिए । उनीहरू सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनीमा दुर्घटनामा परेको हो ।

घाइतेमध्ये १२ जनाको त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । १० जनाको आँवुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

घाइतेहरूको उद्धारलाई पहिलो प्राथमिकता दिनुपरेकाले मृतकहरूको सनाखत गर्न समय लागेको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।

बस आज बिहान पोखराको मझेरी रिसोर्टबाट काठमाडौँका लागि हिँडेको थियो । वर्ष दुर्घटनामा परे लगतै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली, सेना र स्थानीयहरू मिलेर उद्धार गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button