तपाईँ सुन्दै हुनुहुन्छः

अछाम : स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा साँफेबगर पहिलो

अछाम । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको अन्तिम नतिजामा साँफेबगर नगरपालिका अछाममा पहिलो भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष २०७९/८० को सार्वजनिक गरेको स्वमूल्याङ्कन नतिजा प्रतिवेदन अनुसार साँफेबगर नगरपालिका ७७ दशमलव २५ अङ्क ल्याउँदै जिल्लामै पहिलो भएको हो । ७१ अङ्क ल्याउँदै पंचदेवल विनायक नगरपालिका दोस्रो भएको छ । त्यसै गरी मंगलसैन नगरपालिकाको ६९ अङ्क ल्याएर तेस्रो हुँदा बान्नीगढी जयगढ गाउँपालिका ६८ दशमलव ५० अङ्क ल्याएर चौथो स्थानमा छ । मेल्लेख गाउँपालिकाले ६६ दशमलव ५० अङ्क ल्याउँदा कमलबजार नगरपालिकाले ६४ दशमलव २५ ,चौरपाटीले ६३ दशमलव ७५, रामारोशन गाउँपालिकाले ४७ दशमलव ७५ अङ्क पाएका छन् । यस्तै ढकारी गाउँपालिकाले ४७ अङ्क ल्याउँदा तुर्माखाद गाउँपालिकाको ४३ दशमलव ५० अङ्क छ ।

मन्त्रालयले गाउँ तथा नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने उद्देश्य सहित आर्थिक बर्ष २०७९/८० को नतिजा बिहीबार सार्वजनिक गरेको हो । त्यस्तै आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरेको जनाएको छ ।

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधिले लिजाको कार्यान्वयनमार्फत स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिका बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षको पहिचान गर्न सघाउँछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button