तपाईँ सुन्दै हुनुहुन्छः

त्रियुगा नगरपालिकाले वडा वडामा विशेषज्ञ सेवा सुरु गर्ने

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले नगर क्षेत्रका जनताको स्वास्थ्य चेकजाँच तथा सामान्य स्वास्थ्य उपचार निःशुल्क गर्ने कार्यक्रम ल्याएको छ ।

त्रियुगा नगरपालिकाले नगरक्षेत्रका नागरिकका लागि वडा वडामा विशेषज्ञ सेवासहित निःशुल्क रगत उपलब्ध गराउने, निःशुल्क आँखाको उपचार गराउने र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको नगरपालिकाले जनाएको छ ।

आफ्नो नगर क्षेत्रमा भएका नागरिकलाई समान र सहज रुपमा स्वास्थ्य उपचार गराउने उद्देश्यसहित नगरपालिकाले विभिन्न संस्थासँग सहकार्य र समन्वय गरि निःशुल्क स्वास्थ्य उपचार र चेकजाँचको व्यवस्था मिलाएको नगर प्रमुख बसन्त बस्नेतले बताउनुभयो । नेपाल सरकारबाट प्राप्त निःशुल्क औषधिमा नगरपालिकाले थप औषधि उपलब्ध गराई जनताको स्वास्थ्य उपचारमा समानता ल्याउने आफूहरूको उद्देश्य रहेको नगर प्रमुख बस्नेतको भनाई छ ।

नगर प्रमुख बसन्त बस्नेतका अनुसार आफ्ना पालिकाका नागरिकलाई रगतको अभाव नहोस् भन्ने उद्देश्यले रेडक्रससँग निःशुल्क रगत उपलब्ध गराउने गरि सम्झौता गरिएको बताउनुभयो । सगरमाथा चौधरी आँखा अस्पतालसँग आँखा सम्बन्धि सम्पूर्ण निःशुल्क स्वास्थ्य उपचार गर्ने गरि सम्झौता भएको र जिल्ला अस्पतालसँग वडा वडामा घुम्ती विशेषज्ञ सेवा उपलब्ध गराउने गरी सम्झौता भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button