तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली स्वास्थ्य प्रतिष्ठानको दीक्षान्त समारोह हुँदै

जुम्ला । स्थापनाको १३ वर्ष पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रथम दीक्षान्त समारोह गर्न लागेको प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले बताउनुभयो।

उक्त दीक्षान्त समारोहको प्रमुख अतिथिका रुपमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली जुम्ला आउने कार्यक्रम तय भएको छ । त्यसको तयारीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुटेको छ । 

‘अहिले हामी दीक्षान्त समारोहको तयारीमा जुटेका छौँ’  उहाँले भन्नुभयो दीक्षान्त समारोहका लागि कुलपति एवं प्रधानमन्त्रीबाट स्वीकृति आइसकेको छ। सोही अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको अत्याधुनिक शैक्षिक भवन (एकेडेमिक बिल्डिङ)को समेत उद्घाटन गर्नुहुने प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताउनुभयो  ‘२३ भदौको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीसँगै सहकुलपति समेत रहनुभएकाका स्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि सहभागी हुन जुम्ला आउने छन् । ‘

प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुनेछन । प्रतिष्ठानबाट जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तह गरि ५६  विद्यार्थी पास आउट भएको रेक्टर डा। डबल धामीले बताए। 

प्रतिष्ठानबाट हालसम्म स्नातक तर्फ बीपीएचमा पहिलो र दोस्रो ब्याच गरी ३८ जना, बीएमएसमा दुई ब्याचको १३ जना र  स्नातकोत्तर तर्फ एमडीजीपीमा ३ जना, एमडी एनेस्थेसियामा १ र एमडी पेडीयाट्रिक्समा १ गरी ५ जना सहित कुल ५६ जना पास आउट भएको प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेश बुढथापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button