तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशले पूर्व विशिष्ट पदाधिकारीको सेवा सुविधा फिर्ता लिँदै 

दाङ । लुम्बिनी प्रदेशले पूर्व विशिष्ट पदाधिकारीका लागि सेवा सुविधा फिर्ता लिने भएको छ ।

लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीले  पूर्व विशिष्ट पदाधिकारीहरू लाई सेवा सुविधा दिने निर्णयलाई गर्नु भएको थियो ।

प्रदेशका तत्कालीन मुख्यमन्त्री केसीले कार्यकालको पूर्व सन्ध्यामा मिति २०७९ भदौ ३१ गतेको मन्त्रीपरिषद् बैठकबाट पूर्व विशिष्ट पदाधिकारीका लागि सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

लुम्बिनी प्रदेशले विशिष्ट पदाधिकारी लाई दिएको सेवा सुविधा फिर्ता लिने मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री आचार्यले भन्नु भयो हामीले अहिले समयावधि दिएर उक्त सेवा सुविधाहरू फिर्ता लिने निर्णय गरेका छौ यसले आर्थिक भार कम हुने बताउनु भयो।

विशिष्ट पदाधिकारीले प्राप्त गर्ने सुविधाहरूमा प्रदेश सरकारले गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा उपलब्ध गराउँदै आएको थियो ।

त्यस्तै निवर्तमान मुख्यमन्त्री र सभामुखलाई मात्र विशेष सुविधा प्रदान गर्ने निर्णय गरे तापनि प्रदेश सरकारका पूर्व मुख्यमन्त्री केसी, लिला गिरीले समेत उक्त सुविधा लिँदै आएका थिए ।

यसैबिच मङ्गलवार अपराह्न लु १ झ ७५३ नम्बरको स्कर्पियो पूर्व मुख्यमन्त्री लिला गिरीले सवारीसाधन फिर्ता गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button