तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुख देवकोटाद्वारा विज्ञान प्रविधि सम्बन्धी विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज विज्ञान प्रविधि नवप्रवर्तन सम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेश प्रमुख देवकोटाले साउन १६ गते प्रदेशसभाबाट पारित भई प्रदेश प्रमुखसमक्ष पेश भएको विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

प्रमाणीकरण भएपछि अब यो विधेयक ‘विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष ऐन, २०८१’ को नाममा रहनेछ ।

विज्ञान प्रविधिका विविध क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान, आविष्कार र नवप्रवर्तनमा गरिने लगानीबाट विकसित, प्रविधियुक्त, गुणस्तरीय र परिणाममुखी नतिजाको माध्यमबाट आर्थिक विकास र नागरिकको जीवन पद्धतिलाई सरल तथा सहज बनाउँदै प्रदेशको समृद्धिमा योगदान पुर्‍याउने मूलभूत उद्देश्यले यो विधेयक निर्माण गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button