तपाईँ सुन्दै हुनुहुन्छः

इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु 

दाङ। दाङ तुलसीपुरको दमारगाउँमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।

बिहान १० बजेतिर इनार सफा गर्न भनेर पसेका तुलसीपुर उपमहानगरपालिका – १३ दमारगाउँका १६ बर्षीय मुकेश बिक र ३८ बर्षीय रामबहादुर नेपालीको इनार भित्रै निसास्सिएर मृत्यु भएको हो ।

उनीहरुलाई  भित्रै अचेत भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इनारभित्र फसेका उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धारपछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुर्याएपनि उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो।

मृतकको शव पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button