तपाईँ सुन्दै हुनुहुन्छः

आधा दर्जन घर पहिरोको उच्च जोखिममा

सल्यान । अविरल वर्षापछि जमिन भासिदा सल्यान धनवाङका सात घर पहिरोको उच्च जोखिममा परेका छन् । कपुरकोट गाउँपालिका ४ किमुचौर स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरको फिल्ड माथिबाट खसेको पहिरोले ७ घर जोखिममा परेको वडा अध्यक्ष मित्र कठायतले जानकारी दिनु भयो  । 

 कृष्ण बहादुर चन्द, सिताराम वि.क, शोमराज थापा, ओम बहादुर थापा, भिम बहादुर बिक, तुल्सी सिंह थापा र पूर्ण बहादुर थापाको घर पहिरोको उच्च जोखिममा रहेको उहाँले बताउनु भयो । महत्त्वपूर्ण सामाग्री निकालेर सुरक्षित स्थानमा बस्नका लागि जोखिममा रहेका घरपरिवारलाई अनुरोध गरिएको वडा अध्यक्ष कठायतको भनाई छ । 

यस्तै कपुरकोट-फालावाङ सडकखण्डको किमुचौरमा सडक भासिएको छ । पहिरोले सडक भासिदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । अविरल बर्षाका कारण कपुरकोट गाउँपालिका लगायत जिल्लाका विभिन्न स्थानीय तहमा ग्रामीण सडकहरू अवरुद्ध छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button