तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सभाबाट निजामती सेवा ऐन संशोधन विधेयक, २०७९ पारित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकले प्रदेशको निजामती सेवा ऐन संशोधन विधेयक, २०७९ पारित गरेको छ । 

विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल सकिएर संशोधन प्रतिवेदन सहित प्रदेश सभा बैठकमा पेश गरिएको उक्त संशोधन विधेयक बहुमतले पारित भएको हो । बैठकमा सभामुख भिमबहादुर भण्डारीले निजामती सेवा ऐन संशोधन विधेयक २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्नु हुँदै उक्त संशोधन विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

त्यस अघि, बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीले विधेयक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै कर्मचारीको क्षमता अभिवृद्धि र प्रदेश निजामती सेवालाई प्रभावकारी बनाउन ऐन संशोधन गर्नुपरेको बताउनु भयो ।

प्रदेश सभा सदस्य तुलसी देवकोटा, शिवसिंह ओली, चक्र मल्ल, घनश्याम चौधरीले संशोधन विधेयक माथिको छलफलमा भाग लिनु भएको थियो ।

प्रदेश सरकारले निजामती सेवा ऐन संशोधन गर्न बनेको विधेयकलाई २०८० माघ २४ गते प्रदेश सभामा दर्ता गरेको थियो । त्यस लगत्तै उक्त विधेयक दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button