तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल र टेम्पो ठोक्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

बारा । बाराको कलैयामा गएराती मोटरसाइकल र टेम्पो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

कलैयाबाट धर्मनगर आउँदै गरेको ना ५४ प ४७४८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको ना २ ह ५३७२ नम्बरको ट्याम्पोमा ठोक्किएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–१२ धर्मनगरका २४ वर्षीय रामाकान्त पटेलको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

मोटरसाइकलमा सवार अन्य तीन जना सामान्य घाइते भएका छन् । चार जना सवार भई मोटरसाइकल चलाउँदा दुर्घटना भएको सापकोटाले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button