तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाको भंङ्गलामा पहिरोले गोठ पुरिँदा गोठमा रहेका एक जना स्थानीयको मृत्यु भएको छ । 

आज बिहान परेको अविरल वर्षाका कारण शितगंगा नगरपालिका–१३, सिमल पानीको भंङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय बिष्णु थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । 

पहिरो खस्न थालेपछि पशुचौपाया फुकाउन गोठमा पसेका थापालाई पहिरोले च्याप्दा घटनास्थलमै थापाको मृत्यु भएको हो । 

गोठमा थापासँगै एक भैँसी र दुई बाख्रा समेत च्यापिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button