तपाईँ सुन्दै हुनुहुन्छः

‘बगनासे साँचो’ संरक्षण गरिँदै

पाल्पा । लागत बढी पर्ने तथा बनाउने कालीगढ नहुँदा लोप हुनै लागेको बगनासे साँचो संरक्षण गरिन थालेको छ । बगनासकाली गाउँपालिकाले बगनासको पहिचानको रुपमा रहेको बगनासे साँचोको प्रवर्द्धन गर्न पाहुनालाई समेत उपहारको रुपमा साँचो दिन थालेको हो ।

पालिकाले परम्परागत रूपमा प्रयोग हुँदै आएको बगनासे साँचोलाई औपचारिक रूपमा सार्वजनिक गरी पाहुनालाई साँचो नै कोसेली दिन थालेको छ । बगनासकाली गाउँपालिकामा रहेको दलित समन्वय समितिले साँचो उत्पादन तथा वितरण गर्न थालेको छ ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले परम्परागत रुपमा प्रयोग हुँदै आएको साँचोको थप प्रचार, प्रयोगसँगै गाउँपालिकाको पहिचान बढाउन पालिकाभित्रका सबै कार्यालयमा बगनासे साँचोको प्रयोग गर्ने तयारीमा रहेको बताउनुभयो ।

गाउँपालिका स्तरीय दलित समन्वय समितका अध्यक्ष तेजप्रसाद रसालीले २ लाख बजेटबाट २२२ प्रति साँचो निर्माण गरिएको जानकारी दिनुभयो । प्रतिसाँचो ८५० का दरले विश्वकर्मा कृषि औजार तथा मेटल उद्योगबाट साँचो निर्माण गरी समन्वय समितिमार्फत प्रचार प्रसार गरिएको रसालीले बताउनुभयो । गाउँपालिकालाई साँचोबाट पहिचान दिने गरी पालिकामा आउने मुख्य पाहुनाहरूलाई मायाको चिनोमा साँचो प्रदान गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button