तपाईँ सुन्दै हुनुहुन्छः

धान बालीमा रोग, किराको प्रकोप

सुनसरी । धानबालीमा एक पछि अर्को समस्या देखिएकाले सुनसरीका किसान धानमा विषादी छर्न व्यस्त भएका छन् ।

सुनसरीको विभिन्न स्थानीय तहमा धानमा अत्यधिक घाँस पलाएकोदेखि रोग किरासम्मको समस्याले किसान चिन्तित भएका छन् ।

साउनमा फाट्टफुट मात्रै वर्षा भएकाले विगतको भन्दा यसपाली धानमा विभिन्न किसिमको झार तथा घाँस पलाएकाले सुरुदेखि नै किसानले झार मार्ने औषधीदेखि पतेरो र पात बेरुवा रोगको प्रकोप देखा परेकोले विषादी छर्नुपरेको कृषि प्राविधिक भुवनेश्वर यादवले जानकारी दिनुभयो ।

धानमा कीराको आक्रमण पश्चात् पातलाई बेरेर भित्र बस्ने र पातको हरियो पदार्थ खाइदिने भएकाले सुक्ने गरेको यादवको भनाई छ । यसैका कारण धानको पात सुक्ने समस्या देखा परेको किसान इस्माइल मियाले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख नीनकमल सिंहले प्रत्येक वर्ष केही न केही नयाँ प्रकोप र केही पुरानै रोग किराले किसान समस्या परेको बेलाबखत गुनासो आएको भए पनि विगतको जस्तो समस्या नभएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button