तपाईँ सुन्दै हुनुहुन्छः

जलस्रोत विद्येयकमा संशोधनकर्ता सांसदहरुसँग छलफल

काठमाडौँ प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकले जलस्रोत विद्येयक २०८१ माथि संशोधनकर्ता सांसदहरुसँग छलफल गरेको छ ।
सिंहदरवारस्थित समितिमा भएको छलफलमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जलस्रोत विद्येयकलाई समयअनुकुल र न्यायोचित बनाउने बताउनुभयो । बैठकमा, संसोधनकर्ता सांसदहरुले जलवायु परिवर्तनका विषयलाई गम्भिर रुपमा लिनुपर्ने, वातावरणीय जोखिमलाई कम गर्दै स्थानीय हितलाई ध्यान दिई विद्येयक बनाउनुपर्ने, प्रदेशसँग समन्वय गर्दै कुरा बाँझिएमा अन्तिम अधिकार केन्द्रलाई दिनुपर्ने बताउनुभयो ।

सांसदहरुले स्वदेशी तथा विदेशी लगानी ल्याउन यो ऐनले सहयोग गर्ने भएपनि जलस्रोतसँग सम्बन्धित परियोजना कार्यान्वयन गर्दा अन्य ऐनसँग बाझिने गरी बनाउन नहुने, भौतिक पूर्वाधार निर्माण र जलस्रोतबीच तालमेल नमिल्दा भविष्यमा पानीको समस्या हुने भएकाले ऐनले यस विषयमा ध्यान दिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button