तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकीमा अझै १ हजार ९ सय खानेपानीका योजना बाँकी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ५० लाखसम्मका खानेपानीका योजनाहरु यसै बर्ष सकिने भएमा रकमान्तर गरेर भए पनि सरकारले उक्त योजनाहरु पुरा गर्नेे बताउनुभएको छ । 

बुधबार पोखरामा सम्पन्न गण्डकी प्रदेशको प्रदेश विकास समस्या समाधान समितिको नवौं बैठकमा बोल्दै उहाँले बजेट अभावले गर्दा समयमै उक्त योजनामा सम्पन्न गर्न नसकिएकोले ५० लाख सम्मका योजनाहरुलाई रकमान्तर गरेर भए पनि योजनाहरु पूरा गर्ने भएको बताउनुभयो । 

मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा भएको उक्त बैठकमा प्रदेश सरकारले खानेपानीका योजनाहरुलाई प्रथामिकता दिदादिदै पनि प्रयाप्त बजेट अभावले गर्दा चालु आर्थिक उहाँका अनुसार अझै प्रदेश सरकारले खानेपानीका १ हजार ९ सय वटा योजनाहरु पूरा गर्नुपर्ने दाहित्व रहेको छ । 

उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालयका सिनियर डिभिजन इन्जियर एवं प्रवक्ता हरिदत्त पौडेलले हाल सरकारले विनियोजन गरेको खानेपानीको बजेटको आधारमा अझै ७ वर्षमा पनि एक घर एक धाराको अभियान पूरा गर्न कठिन हुने दाबी गर्नुभएको थियो । 

कार्यक्रममा प्रदेशमा मन्त्रीहरु, प्रदेशका पालिका प्रमुख एवं उपप्रमुख, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार सहितको सहभागिता रहेको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button