तपाईँ सुन्दै हुनुहुन्छः

भदौ ४ मा विश्वासको मत लिने मुख्यमन्त्री आचार्यको तयारी

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिन लाग्नुभएको छ।

लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ पुन मगरले जानकारी दिनुभयो ।

साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमाले र कांग्रेसका ५६ जना प्रदेश सभा सदस्यको समर्थनमा नियुक्त हुनुभएका आचार्य नेतृत्व सरकारमा एमालेका पाँच र कांग्रेसका चार जना मन्त्री नियुक्त हुनुभएको छ ।

सरकारलाई पूर्णता दिन अझै बाँकी छ। विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button