तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका महिलाको नाममा भू स्वामित्व बढ्दै 

सल्यान । सल्यानमा महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको छ ।

केही वर्ष अघिसम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास हुने क्रम अहिले उत्साहजनक रुपमा वृद्धि भएको देखिन्छ । सरकारले महिलाको नाममा जग्गा रजिस्ट्रेसन पास गराउनेलाई राजस्वमा २५ प्रतिशत छुटको व्यवस्था गरेपछि जिल्लामा महिलाको नाममा भू–स्वामित्व बढेको मालपोत कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार  गत वर्ष जिल्लाका एक हजार तीन सय छ महिला जग्गाको मालिक बनेका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा नगरपालिकातर्फ एक हजार आठ सय ३८ र गाउँपालिकातर्फ एक हजार छ सय ७५ लिखत पारित भएका छन् । ती मध्ये सहरीतर्फ ७ सय १५ र ग्रामीण तर्फ ५ सय ९१ गरि एक हजार तीन सय छ जना महिलाकै नाममा लिखत पारित भएको कार्यालयका सूचना अधिकारी दिपक बुढाथोकीले जानकारी दिनुभयो ।

महिलाले रजिस्ट्रेसनमा ३४ लाख २२ हजार ३ सय ८६ रुपैयाँ छुट पाएको बुढाथोकीको भनाई छ । यस्तै दलित तीन जना र वृद्ध एक जनाले रजिस्ट्रेसनमा छुट पाएका छन् ।  जनजाति, सहिद परिवार, अपाङ्गता भएका व्यक्तिले पनि २५ प्रतिशत छुट पाउने प्रावधान रहेको छ । तर लिखत पारित गर्न आउँदा सिफारिस वा परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने कार्यालयले जनाएको छ । 

जमिनमा महिलाको स्वामित्व बढाउँदा छुट पाइने भएपछि महिलाहरूको नाममा जग्गा पास गर्ने क्रम निरन्तर बढ्दै गएको छ । जग्गा किन्दा लाग्ने दर्ता शुल्कमा महिलालाई सरकारले २५ प्रतिशत छुट दिएको छ । यसैको फाइदा उठाउँदै घरपरिवारले महिलाको नाममा धमाधम जग्गा पास गराई रहेका छन् । यो प्रावधान नहुँदा सम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास गराईन्थो भने अहिले धमाधम महिलाकै नाममा जग्गा पास भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button