तपाईँ सुन्दै हुनुहुन्छः

सदाचार नीति प्रत्येक सङ्घसंस्थामा आवश्यक

काठमाडौँ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकले सुशासन प्रवद्र्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकताका विषयमा सरोकारवाला पक्षसँग छलफल गरेको छ । 

सिंहदरबारस्थित समितिमा आज भएको छलफलमा गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थामा आबद्ध सरोकारवाला पक्षले सदाचार नीति प्रत्येक सङ्घसंस्थामा आवश्यक भएको बताउनुभयो । 

सरोकारवाला पक्षहरूले सङ्घीयता अनुसारको कानुन आवश्यक भएको भन्दै नागरिकमैत्री ऐन ल्याउनुपर्ने, विभिन्न संघसस्थालाई एकद्धार प्रणालीबाट व्यवस्थापन गर्न ऐन ल्याउनुपर्ने बताउनुभयो ।  

बैठकमा सांसदहरुले राष्ट्रिय सभाले विज्ञ समुह राखेर राष्ट्रिय सदाचार नीति बनाउनुपर्ने र यसबाट प्रत्येक निकायले आ–आफ्नै आचारसंहिता बनाउनुपर्ने धारणा राख्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button