तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा ९७.५० प्रतिशत धान रोपाई

पोखरा । गण्डकी प्रदेशमा हालसम्म करिब ९७.५० प्रतिशत मात्र धान रोपाई भएको छ ।

यस बर्ष गण्डकी प्रदेशका दुई जिल्ला लमजुङ र म्याग्दीमा शतप्रतिशत सहित प्रदेशमा ९७.५० प्रतिशतले ९३ हजार ६ सय ५१ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको गण्डकी प्रदेशको कृषि बिकास निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा ४ लाख ७९ हजार ६ सय १७ हेक्टर क्षेत्रमा खेतियोग्य जमिन रहेकोमा बर्षे धान रोप्न योग्य क्षेत्रफल भने ९६ हजार ५३ हेक्टर मात्र जमिन रहेको गण्डकी प्रदेशको कृषि बिकास निर्देशनालयका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी विनोद शर्माले बताउनु भयो ।

गण्डकी प्रदेशका ११ जिल्ला मध्य हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङमा धान खेती खासै हुने गरेको छैन । प्रदेशका ९ जिल्ला मध्य हालसम्म दुई जिल्ला लमजुङ र म्याग्दीमा शतप्रतिशत धान रोपाई भएको छ भने नवलपरासी र गोर्खामा ९४ प्रतिशत मात्र धान रोपाई भएको उहाँले जनाउनुभयो ।

कास्कीमा प्रायः गरी जेठोबुढो, पहेले, एक्ले, खुमल ४, १०, गौरिया, बयर्नी, सेतो र लामो भिनुवा, मार्सी, बिरिमफुल, कालो र टुँडे झिनुवा, वर्णशंकर–यू एस ३१२ लगायतका जातका धान खेती हुँदै आएको छ । यस वर्ष लगातार जस्तो बर्षाद हुँदा धान रोपाइँ समेत बढी क्षेत्रफलमा भएसँगै उत्पादन वृद्धि हुने स्थानीयको अपेक्षा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button