तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा हाइस दुर्घटना हुँदा सात जना घाइते 

File Photo

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल खण्डको तिनाउ गाउँपालिका ५ जोरधारामा हाईस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बुटवलबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १२२५ नम्बरको हाइस आज दिउँसो करिब साढे १ बजेको समयमा सडक छेउको पर्खालमा ठोक्किँदा ७ जना घाइते भएका हुन् । 

दुर्घटनामा परि घाइते हुनेहरूमा पाल्पा जिल्ला तानसेन नगरपालिका १० की ३० बर्षिया लक्ष्मी कार्की, नवलपरासी सरावल गाउँपालिका ७ का ३० वर्षीय राजेश गुप्ता, सोही स्थानका २५ वर्षीय रामु सहानी,२२ वर्षीय मेराज मन्चुरी र २९ वर्षीय दिपेन्द्र कुमार कुसहवा घाइते भएका छन् । त्यस्तै स्याङ्जा जिल्ला भीरकोट नगरपालिका ९ की ४५ वर्षीय तारापति रेग्मी र कास्की पोखरा महानगरपालिका २२ का ५० वर्षीय रमेश केसी पनि घाइते भएको प्रहरीले जनाएको छ । 

गाडीमा सवार ८ जना मध्ये घाइते ७ जनाको तानसेन स्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको र सबै अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्दिप बेल्बासेले जानकारी दिनुभयो । 

हाइस चालक स्याङ्जा वालिङ्ग ६ का शेखर कोइरालालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button