तपाईँ सुन्दै हुनुहुन्छः

नुहाउँदै गर्दा खोला बढेर बगाउँदा दाङमा एक बालकको मृत्यु

दाङ I पश्चिमदाङमा बाैलाखाेलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शान्तिनगर २ विष्णुपुर निवासी कोमल विष्टका अन्दाजी ११ बर्षीय छोरा अनिस विष्ट रहेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिनुभयो ।

शनिवार दिउँसो साढे २ बजे तिर बाैलाखाेलामा साथीहरूसँग नुहाउँदै गरेको अवस्थामा एक्कासी खोला बढेर उनलाई बगाएको हाे ।

साँझ ५ बजे तिर प्रहरीलाई खबर आएपछि घटना स्थलमा खोजी कार्य गर्दा शान्तिनगर ५ रगैजा सिचाईबाँधमा बालक मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button