तपाईँ सुन्दै हुनुहुन्छः

ट्रक दुर्घटनामा पाँच घाइते

अछाम । अछाममा ट्रक दुर्घटना भएको छ । जिल्लाको मङ्गलसेन नगरपालिका वडा न-१४ कालागाँउ स्थित दाईजेपानी भन्ने ठाउँ नजिक उक्त ट्रक दुर्घटना भएको हो । रामा रोशन गाउँपालिकाको मलातीकोट बाट उत्तिसको काठ बोकेर नेपालगन्ज जाँदै गरेको ट्रक दुर्घटनामा परेर ५ जना घाइते भएका छन् ।

सु. प. प्र. ना ६ ख ८३१९ नम्बरको ट्रक दुर्घटनामा गाडी साहु तथा चालक बैतडीको दशरथचन्द नगरपालिकाका हरि सिंह भण्डारी लगायत अन्य ४ जना गरि ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा डिएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनु भयो ।

घाइते हुने चालक बाहेक अन्य ४ जना सबै मङ्गलसेन नगरपालिकाका हुन् । मङ्गलसेन नगरपालिका वडा नं १२ बान्नातोली बिर्कुका अर्जुन रावल, कृष्ण रावल, इन्द्र रावल र शेर कुँवर सामान्य घाइते भएका छन् ।

गाडी साहु भण्डारीको अवस्था मध्यम रहेको  डिएसपी भण्डारीले जानकारी दिनुभयो ।

अन्य ४ जनाको अवस्था सामान्य रहेको उहाँले  बताउनु भयो । घाइतेहरूलाई घटनास्थलबाट उद्धार गरि उपचारका लागी जिल्ला अस्पताल मङ्गलसेन ल्याइएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button