तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँचीमा ९९ प्रतिशत घरधुरीमा विद्युतीकरण

अर्घाखाँची । अर्घाखाँचीमा ९९ प्रतिशत घरधुरीमा विद्युतीकरण सम्पन्न भएको छ । हाल सम्म ३८ हजार ३सय ६ घरधुरीमा लाइन पुगेको छ । गत आर्थिक वर्ष मात्र ६ सय ९ग्राहक सङ्ख्या बढेको नेपाल विद्युत् प्राधिकरण अर्घाखाँचीले वितरण केन्द्रले जनाएको छ ।

अब विद्युतीकरण गर्न बाकी शितगंगा नगरपालिका वडा नम्बर ९ र ११ का करिब २ सय ५० घरधुरी बाहेकका सबै ठाउँमा विद्युत् पुगेको नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्र प्रमुख इन्जिनियर त्रिलोचन भट्टराईले बताउनु भयो ।

चालु  आर्थिक वर्षमा विद्युत् नपुगेका क्षेत्रमा पुर्‍याउने लक्ष्य रहेको छ । कार्यालयले गत आर्थिक वर्षमा ३ सय ७४ वटा स्मार्ट मिटर जडान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा विद्युत् बिक्री गरेर २१ करोड ८८ लाख ९सय ५५ रुपँयाको राजश्व सङ्कलन भएको छ । यस्तै विविध शीर्षकबाट ३८ लाख ९० हजार ४सय ५८ रुपँयाको राजस्व असुली भएको प्रमुख इन्जिनियर भट्टराईले बताउनु भयो । विद्युत् महशुल नतिर्ने ३ सय १ वटा ग्राहको लाइन काटेकोमा २८ लाख १५ हजार ७ सय ७ रुपैयाँ बक्यौता महसुल असुली गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button