तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा पहिरोले २ घर पुरिँदा ४ जनाको मृत्यु, २ घाइते 

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ बिसौनामा पहिरोले २ वटा घर पुर्दा ४ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताउनुभयो ।  

पहिरोमा पुरिएर ४८ वर्षका गोरे बिक, ६७ वर्षका हुमुक बिक, साँढे दुई वर्षका रियन्सा बिक र ६६ वर्षकी मसुरी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर २३ वर्षकी मुना बिक र ३२ वर्षकी विष्णु बिकलाई स्थानीयले उद्धार गरेर नजिकैको स्वास्थ्य चौकीमा पठाएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।

मङ्गलवार बिहान घर माथिबाट आएको लेदो सहितको पहिरोले विष्णु बिकको घर र हुकुम बिकको घर पुरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button