तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस पदाधिकारी बैठक: सत्ता गठबन्धनलाई बलियो बनाएर अगाडी बढाउने विषयमा छलफल

काठमाडौँ । नेपाली काँग्रेस पदाधिकारीहरूको बैठकले यही साउन २३ गते बस्ने केन्द्रिय कार्य समितिको बैठकका लागि एजेन्डाका बारेमा छलफल भएको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकमा देशको परिस्थितिलाई मध्यनजर गर्दै सत्ता गठबन्धनलाई बलियो बनाएर अगाडी बढाउने विषयमा छलफल भएको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिनुभयो ।

यसैगरी बैठकमा विदेशस्थित सम्पर्क समितिहरूलाई व्यवस्थित गर्ने, विभाग र निर्देशन समिति बनाउने विषयमा पनि छलफल भएको सहमहामन्त्री यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button