तपाईँ सुन्दै हुनुहुन्छः

स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोरङ । मोरङको रंगेली नगरपालिका–२ मा स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनपालथान गाउँपालिका–३ का ६० बर्षीय जगरनाथ ठाकुर रहेका छन् ।

आज बिहान पौने १० बजे विराटनगरबाट आमबारीतर्फ आउँदै गरेको को१ क १७०० नम्बरको अरनिको आवासीय माध्यमिक विद्यालयको बसले सोही दिशाबाट साइकलमा आउँदै गरेका धनपालथान गाउँपालिका–३ का ६० बर्षीय जगरनाथ ठाकुरलाई ठक्कर दिई घाइते बनाएको थियो । घाइते ठाकुरको उपचारको क्रममा रंगेली अस्पताल रंगेलीमा मृत्यु भएको हो ।

घटनामा संलग्न बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ बर्षीय इन्द्रप्रसाद मिश्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button