तपाईँ सुन्दै हुनुहुन्छः

मोटर लगाउने क्रममा करेन्ट लाग्दा मृत्यु

दाङ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर उपमहानगरपालिका–११ पिरगाउँ निवासी ५० वर्षीय बालाराम ओलीको मृत्यु भएको हो ।

शनिबार दिउसो १ बजेतिर घरनजिकै रहेको बारीमा मोटर लगाउने क्रममा तार सर्ट भई करेन्ट लागेर घाइते भएका ओलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button