तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

सुनसरी । इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार दिउँसो १ः१० बजेतिर इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीका अनुसार मृतक व्यक्ति अन्दाजी ४० वर्षका पुरुष रहेको तर पहिचान भई नसकेको जानकारी दिनुभयो ।

इटहरी ६ स्थित विराटनगर जाने मोडमा साइकल यात्रीलाई ठक्कर दिने प्रदेश १–०२–००१ ख ९२९४ नम्बरको ट्रक र चालकलाई नियन्त्रणमा लिइएको इटहरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button