तपाईँ सुन्दै हुनुहुन्छः

विश्व स्तनपान दिवस : बच्चालाई स्तनपान कसरी गराउने ?

काठमाडौँ । हिजोबाट साताब्यापी विश्व स्तनपान दिवस सुरु भएको छ। हिजो अगस्ट १ देखि ७ तारिख सम्म नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व स्तनपान दिवस मनाइँदै छ । 

विश्व स्तनपान दिवसको सन्दर्भमा रेडियो नेपालको हाम्रो स्वास्थ्य कार्यक्रममा कुराकानी गर्नुहुँदै वरिष्ठ बालरोग विशेषज्ञ डा.एन्जिला घिमिरेले स्तनपान बालबालिकाको अधिकार र आमाको कर्तव्यसँग जोडिएको विषय भएको उल्लेख गर्नुहुँदै महिला तथा बालबालिकाको स्वस्थ जीवनका लागि स्तनपान अति आवश्यक रहेको बताउनुभयो  । 

उहाँले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, बौद्धिकलगायत समग्र विकासका गर्ने तथा महिलालाई पाठेघरको क्यान्सरलगायत धेरै रोगको जोखिमबाट बचाउन स्तनपान महत्त्वपूर्ण बताउनुभयो । उहाँले बच्चा र आमाको स्वास्थ्यसँग जोडिएको स्तनपान गराउने कार्यमा समाजका सबै पक्षले सहयोग गर्नुपर्ने बताउनुभयो । 

स्तनपान सम्बन्धि विस्तृत कुराकानी रेडियो नेपालको कार्यक्रम ‘हाम्रो स्वास्थ्य’मा सुन्न सक्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button