तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँचीमा नागरिकताभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी

dav

अर्घाखाँची । अर्घाखाँचीमा गत आर्थिक वर्षमा नेपाली नागरिकताको प्रमाणपत्र लिनेको तुलनामा राहदानी बनाउने नागरिकको सङ्ख्याभन्दा बढी देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार ६ जनाले नागरिकताको प्रमाणपत्र लिँदा ७ हजार ३६३ जनाले राहदानी बनाएका हुन् ।

यो सङ्ख्या जिल्लाबाट राहदानी सिफारिस भई राहदानी जिल्लामा नै आइपुगेपछि वितरण भएकाहरूको हो ।

जिल्लाबाट राहदानी नबुझेर द्रुत रूपमा राहदानी लिनको लागि जिल्लाबाट सिफारिस लगेकाहरूको सङ्ख्या २४५ रहेको छ ।
यसरी सामान्य सिफारिसतर्फ ७ हजार २ सय ९९ जना र द्रुत सेवा सिफारिसतर्फ २ सय ४५ जनाको राहदानी जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेको छ । यो सङ्ख्यालाई समेत जोड्दा नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या ५ सय ३८ ले बढी हुन्छ ।

एक वर्षको अवधिमा दश हजार ८ सय ६१ वटा नागरिकताको प्रतिलिपि दिइएको, १८ वटा गैर आवासीय नागरिकता, ६ वटा वैवाहिक अङ्गीकृत नयाँ नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button