तपाईँ सुन्दै हुनुहुन्छः

कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व सङ्कलन

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्षले आर्थिक वर्ष २०८०/०८१ मा ४० लाख १४ हजार ७ सय ९४ राजस्व सङ्कलन गरेको छ ।

आरक्षका संरक्षण अधिकृत रमेश कुमार यादवका अनुसार आरक्षमा जङ्गल सफारी, पर्यटक, वनपैदावार, जङ्गल पैदल यात्रा, हात्ती सफारी, जरिवानाबाट ४० लाख १४ हजार सात सय ९४ राजस्व सङ्कलन गरेको हो ।

सबैभन्दा धेरै रकम आन्तरिक तथा बाह्य पर्यटकबाट उठेको हो । आव २०७९/८० मा कार्यालयले ३९ लाख ९४ हजार चार सय आठ राजस्व सङ्कलन गरेको थियो ।

सार्क क्षेत्रका पर्यटकले सात सय ५० अन्य देशका आगन्तुकले एक हजार पाँच सय शुल्क तिर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button