तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतीय व्यापार विधेयक सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल

काठमाडौँ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले विद्युतीय व्यापार विधेयक २०८० का सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ ।

सिंहदरबार स्थित समितिमा भएको छलफलमा विद्युतीय व्यापार विधेयक २०८० लाई संशोधनकर्ता सांसदहरुले साना तथा मध्यम व्यवसायलाई पनि प्रोत्साहन हुने गरी विधेयक बनाउनुपर्ने, आइटी जनशक्तिलाई प्रयोग गरेर व्यापार घाटा रोक्नुपर्ने भन्दै दूरदर्शी ऐन बनाउनुपर्ने बताउनुभयो ।

सांसदहरुले व्यापारिक सटरहरू खाली भइरहँदा अनलाइन व्यापार भने बढिरहेको भन्दै यसलाई नियमन गरी करको दायरामा ल्याउन छिटो यो विधेयकलाई पारित गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

विधेयकको दफाहरूमा छलफल गर्नुहुँदै सांसदहरुले अहिलेको पुस्ताले बोझिलो मान्ने खालको ऐन बनाउन नहुने, विश्व बजारमा प्रचलित अभ्यासलाई पनि हेरेर विधेयकलाई संशोधन गर्नुपर्ने भन्दै समितिको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button