तपाईँ सुन्दै हुनुहुन्छः

कृषि उत्पादन बढाउन किसानहरूलाई कृषि औजार वितरण

सुनसरी । सुनसरीको इनरुवा नगरपालिकाका कृषकहरूलाई व्यावसायिक बनाई कृषि उत्पादन बढाउन ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ ।

धान किसानहरूलाई लक्षित गरेर कृषि औजार ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । इनरुवा नगरपालिका–७ चान्दबेलामा खेत जोत्नका लागि हाते ट्याक्टर, दुई वटा कुटानी पिसानी मिल, दुई सय वटा बोरिङ र मोटर, चार वटा पावरटिलर, २४ वटा स्प्रे मेसिन लगायतका कृषि मेसिनरी औजार वितरण गरिएको छ ।

कृषकहरूको माग र आवश्यकताको आधारमा यस नगरपालिकाको वडा नम्बर ७ मा मेसिनरी औजार वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत धानबाली प्रवर्द्धन कार्यक्रम कार्यान्वयनका लागि कृषि तथा मेसनरी औजार वितरण गरिएको हो ।

कृषि मेसिनरी औजार वितरण गर्नुहुँदै इनरुवा नगरपालिका प्रमुख केदार भण्डारीले धान, गहुँ र मकै खेतीमा नगरपालिकालाई आत्मनिर्भर रहेको चिनाउने बताउनुभयो ।

किसानलाई कृषिमा निर्वाहमुखी भन्दा व्यावसायिक गराउने प्रमुख उद्देश्यका साथ ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button