तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाउँदा एक जनाको मृत्यु

दाङ । दाङमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। दाङको शान्तिनगर गाउँपालिका–४ को चिराघाट खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका–२ झारगाउँका ६७ वर्षीय तेजबहादुर भण्डारीको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घरका दाजुभाइ झारगाउँबाट शान्तिनगर–४ गिदनियामा आफन्तको घरमा भेटघाट गरी फर्किँदै थिए।

दुवै दाजुभाइले साँढे १२ बजेतिर चिराघाट खोला तर्ने क्रममा बगाएको थियो। तर, ६४ वर्षीय भाइ चेतबहादुर भण्डारी भने पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले बताएको छ।

तेजबहादुरको शव बगेको ठाउँभन्दा एक किलोमिटर दक्षिणमा फेला परेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button