तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वपश्चिम राजमार्गमा बगाएको सडक मर्मत गरिदैं

बर्दिबास । पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीमा बाढीले बगाएको सडक मर्मतकार्य भइरहेको छ ।

बुधबार बिहान २ बजेतिर टुटेश्वर चोक नजिकैको बेलगाछि पुलको पश्चिमपट्टि करिब ५ फिट सडक बाढीले बगाएपछि पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय जनकपुरले अवरुद्ध सडक खुलाउन तीव्र गतिमा मर्मत कार्य गरिरहेको छ । आज दिउँसो ३ बजेसम्म एकतर्फी सञ्चालन गर्ने गरी मर्मत गरिरहेको सडक डिभिजन कार्यालय जनकपुरका इन्जिनियर विकास झाले जानकारी दिनुभयो । ‘सडक बगाएको ठाउँमा ग्राबेल गर्ने काम भइरहेको छ । सडक मर्मत गरेर तत्काल एकतर्फी सञ्चालन गर्छौ,’ उहाँले भन्नुभयो ।

भारी वर्षाका कारण ढुंङ्ग्रे खोलामा आएको भीषण बाढीले महोत्तरीको बर्दिबासस्थित बेलगाछि पुलको पश्चिमतर्फको सडक बगाएको हो । अहिले डाइभर्सन गरेर सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवारले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button