तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु

झापा । प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । तीन दिनअघि लागू औषधसहित पक्राउ परेका मेचीनगर नगरपालिका–७ निवासी २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतभित्र रहेका खड्का बिरामी परेपछि धुलाबारीको आम्दा अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा सोही अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

साउन १३ गते मेचीनगर नगरपालिका ६ पुरानो मेची पुलमा लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका खड्कालाई शङ्का लागेर चेकजाँचका क्रममा ५ ग्राम पाँच सय ७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउन गरेको थियो ।

उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागू औषध मेचीनगर नगरपालिका ७ का ३० वर्षीय खड्गबहादुर दर्जीले भारतबाट खरिद गरी काँकडभिट्टासम्म पुर्‍याई दिनु भनी पठाएको खुलेको थियो । मे २ प ८५४१ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button