तपाईँ सुन्दै हुनुहुन्छः

नापी कार्यालय सुनसरीमा राजस्व सङ्कलनमा वृद्धि

सुनसरी । सुनसरीको नापी कार्यालय इनरुवामा गत चालू आव २०८० /०८१ मा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

नापी कार्यालय इनरुवाले गत चालू आव २०८० /०८१ मा साढे १ करोड ७ लाख ३२ हजार ५ सय ३ रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको हो । आर्थिक वर्ष२०८०/०८१ मा सो बराबरको राजस्व रकम सङ्कलन गर्न सफल भएको नापी कार्यालय इनरुवा सुनसरीका कार्यालय प्रमुख हरेराम यादवले बताउनुभयो

नक्सा प्रिन्ट दस्तुर, फिल्ड रेखाङ्कन ,फिल्ड बुक उतार, कित्ता एकीकरण, लगायत विविध शुल्क बापत उक्त राजस्व रकम सङ्कलन गरिएको यादवले बताउनुभयो । बैङ्कहरूले ऋण दिन थालेपछि बैङ्किङका लागि नक्सा प्रिन्ट, फिल्ड रेखाङ्कन, फिल्ड बुक उतार लगायत कागजात आवश्यक पर्ने भएकोले अहिले सेवाग्राहीको चाप बढेको उहाँले बताउनुभयो ।

सार्वजनिक सेवा प्रवाहमा कुनै समस्या नरहेको बताउँदै नापी कार्यालय इनरुवा सुनसरीका कार्यालय प्रमुख हरेराम यादवले कार्यालयमा सेवा प्रवाह चुस्त र दुरुस्त बनाइएको दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button