तपाईँ सुन्दै हुनुहुन्छः

सबै क्षेत्रमा प्रथम भएर अर्को बर्ष जनता सामु आउँछौ : मुख्यमन्त्री कार्की

इलाम । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेशमा सुशासन र विकास जस्ता सबै क्षेत्रमा प्रथम भएर अर्को वर्ष जनतासामु आउने बताउनुभएको छ ।

इलामको सूर्योदय नगरपालिकाको पन्ध्रौँ नगर सभाबाट पारित बजेट नीति कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजीको विकासका सबै लाग्नुपर्नेमा जोड दिँदै यहाँको धार्मिक सांस्कृतिक सम्पदाको प्रचार विकास र विस्तारमा लाग्नुपर्ने बताउनु भयो । विश्वको झण्डै ४० प्रतिशत जनसङ्ख्या रहेको भारत र चीनका पर्यटक आकर्षित गर्नसके यहाँको आर्थिक उन्नति छिटो हुने र त्यसको लागि केन्द्र प्रदेश र स्थानीय सरकार दिगो भिजनका साथ एकआपसमा सहकार्य गरेर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

दुग्ध किसानले दूधको भुक्तानी नपाएको र यसको लागि केन्द्र सरकार, कृषि मन्त्रालय सँग समन्वय भइरहेकोले किसानले चाडै भुक्तानी पाउने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

नगरपालिका प्रमुख रण बहादुर राईको अध्यक्षता तथा मुख्यमन्त्री कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संविधान सभा सदस्य लीलादेवी श्रेष्ठ, कोशी प्रदेशका सांसद खिनु लङवा लिम्बु, समसेर राई, जिल्ला समन्वय समितिका पूर्व सभापति गणेश बराल, नगर उपप्रमुख दुर्गा बराल, रास्वपा नगर उपसभापति महेश गदाल, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष कमल गदाल, नेकपा एमाले नगर अध्यक्ष दुर्गा देवी भट्टराई, नेपाली काँग्रेस नगर सभापति जीवन नेपाल, सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

नगरले विभिन्न क्षेत्रमा योगदान गर्ने नगरका ३६ जनालाई सम्मान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button