तपाईँ सुन्दै हुनुहुन्छः

सिमान्तकृत समुदायका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

गुल्मी । बोटे माझी समुदायका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

सिमान्तकृत समुदायका विद्यार्थीहरूले अध्ययन गर्ने गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ बाम्घामा बोटे समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । नेपाल निजामती कर्मचारी सङ्गठन गुल्मीले लक्ष्मी आधारभूत माध्यमिक विद्यालयमा कक्षा १ देखि ६ सम्मका अध्ययन गर्ने विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

सहिद मनोज, झपेन्द्र, सुरेन्द्रको स्मृति सप्ताह व्यापी कार्यक्रमको अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, रुरुक्षेत्र गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम लगायतले बोटे माझी समुदायका ८९ जना विद्यार्थीहरूका लागि स्कुल झोला र शैक्षिक सामाग्रीहरू प्रदान गर्नुभयो ।

विद्यालयमै आएर शैक्षिक सामाग्री प्रदान गरेकोमा विद्यालयका प्रधानाध्यापक मनकला पन्थले आभार प्रकट गर्नुभएको थियो । लक्ष्मी आधारभूत विद्यालयमा माझी समुदायका विद्यार्थीहरूले पठनपाठन गर्दै आएका छन् ।

उहाँले यस्तो सहयोगले समुदायको शिक्षामा सहयोग पुग्ने बताउनुभयो । अल्पसंख्य समुदायमा सूचिकृत यस समुदायको जीवन स्तरमा परिवर्तन ल्याउन पछिल्लो समय धेरै प्रयासहरू भइरहेका छन् । सबै क्षेत्रले यसरी सहयोग गरेमा बोटे माझी समुदायका बालबालिकाहरूमा परिवर्तन आउने रूरूक्षेत्र गाउँपालिकाका पूर्व उपाध्यक्ष लक्ष्मी पन्थले बताउनुभयो ।

कुनै पनि दिवस मनाउने क्रममा समाजमा रचनात्मक तरिकाले मनाउँदा सानो भएपनि उदाहरणीय काम हुने गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । सबै क्षेत्रको सहयोगले यहाँका बालबालिकाहरूमा पढ्नु पर्छ भन्ने बानीको विकास गर्न सकिने शर्माले बताउनुभयो ।

विद्यार्थीहरूको पठन पाठनका लागि सानो सहयोगले दैनिकी सहज होस भनेर मृति सप्ताहलाई रचनात्मक तरिकाले कार्यक्रम राखिएको निजामती कर्मचारी सङ्गठन गुल्मीका अध्यक्ष भिमलाल खनालले बताउनुभयो ।

यस समुदायका बालबालिकाहरुलाई विद्यालयमा जान प्रोत्साहनस्वरुप शैक्षिक सामग्रि हस्तान्तरण गरिएको नेपाल निजामती कर्मचारी सङ्गठन गुल्मीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button