तपाईँ सुन्दै हुनुहुन्छः

नदीमा डुबेर दुई बालकको मृत्यु

रुपन्देही । तिनाउ नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका- १ सिर्जनानगरमा रहेको आफन्तमा आएका दुई बालक नदीमा पौडी खेल्ने क्रममा बगेका थिए । तिनाउ नदीमा बगेकामध्ये १२ वर्षीय विवश खत्रीको शव शुक्रबार राति नदी छेउमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

आफ्नी आमासँग सानी आमाको घरमा भेट गर्न आएका बागलुङको बरेङ गाउँपालिका-४ घर भई सिर्जनानगर बस्ने १२ वर्षीय विवश खत्री र सैनामैना नगरपालिकाका ८ वर्षीय विप्रन पाण्डे तिनाउ नदीमा बगेका हुन् । पाण्डेको शव शनिबार तिनाउ नदी छेउमा भेटिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ नदीमा पौडी खेल्न गएका तीन जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खबर गरेका थिए । तिनाउ नदीमा बगेर मृत्यु भएका दुवै बालक दिदी बहिनीका छोरा हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button