तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका डा.शिवराज अधिकारी नियुक्त

काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिव गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको मनोनयन गरेको जानकारी दिनुभयो ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका डा.शिवराज अधिकारी नियुक्त हुनुभएको छ भने सदस्यहरूमा महोत्तरीका डा.आरती विसार, धनुषाका डा.रमेश प्रसाद सिंह, अर्घाखाँचीका डा. प्रकाशकुमार श्रेष्ठ मनोनयन हुनुभएको छ ।

यस्तै, झापाका डा.गीताकुमारी पौडेल अधिकारी, अर्घाखाँचीका डा.जयबहादुर टण्डन र दार्चुलाका गङ्गादत्त अवस्थी आयोगको सदस्यमा नियुक्त हुनुभएको सञ्चार मन्त्री गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button