तपाईँ सुन्दै हुनुहुन्छः

आईकाओको रिपोर्ट एक हप्ताभित्र पेश गर्न पर्यटन मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र समितिमा पेश गर्न निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले कोरिया जाने नेपाली कामदारको आउजाउमा कोरियन एयरलाइन्सको विकल्प लगायतका विषयमा आगामी बैठकमा कार्ययोजनासहित उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई निर्देशन दिएको छ ।

ईयूको कालो सूचीबाट नेपाल नहट्नुको कारण र त्यसमा क–कसको चलखेल भएको हो भन्ने विषयमा स्पष्ट तथ्य पेश गर्न समेत मन्त्रीलाई समिति सभापति राजकिशोर यादवले निर्देशन दिनुभयो ।

सभापति यादवले २०७९माघ १ गते पोखरामा भएको यती एयरलाइन्स दुर्घटनाको छानबिन रिपोर्ट अर्को बैठकमा उपलब्ध गराउन पनि निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button