तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा नगरपालिका भित्रका ३०० रोपनी खेतमा क्षेती

गोरखा । विगत केही दिन देखि परेको अविरल बर्षाका कारण गोरखा नगरपालिकाको करिब तीन सय रोपनी क्षेत्रफलको धान खेतीमा क्षति पुगेको गोरखा नगरपालिकाले जनाएको छ ।

जग्गा कटान गरि भल पसेर क्षति पुगेको नगरपालिका कृषि शाखाले जनाएको छ । सबैभन्दा बढी वडा नम्बर ३ र ५ जोड्ने वेनिखोलाले १ सय ५० रोपनी क्षेत्रफलमा क्षति पु¥याएको कृषि शाखा प्रमुख ऋषि रोकाले बताउनुभयो ।

‘कुलो भत्केर भल पसेर जग्गा कटान गरेको छ ।’ रोकाका अनुसार अहिले किसानहरू पुनः बिउ राख्न थालेका छन् । ‘रोपाई गरेको एक महिना पनि पुगेको थिएन भल पसेर खेती नष्ट ग¥यो । अहिले त्यही ठाउँमा केही किसानले फेरी धान रोपेका छन् भने केहीले बिउ जमाएका छन्,’ रोकाले भन्नुभयो ।

करिब ४० रोपनी क्षेत्रफलमा किसानहरुले पुनः बिउ राखेका छन् । वडा नम्बर १० र ११ जोड्ने सिर्दिखोलाले १ सय २० रोपनी क्षेत्रफलको धान खेतीमा क्षति पु¥याएको छ । वडा नम्बर ५ स्थित ज्यामिरे खोलाले पनि करिब दश रोपनी क्षेत्रफलमा क्षति पु¥याएको कृषि शाखा प्रमुख रोकाले बताउनुभयो ।

‘हामी क्षतिको विवरण सङ्कलन गर्दैछौ, रिपोर्ट तयार गरेर विपद्को बैठकमा पेश गर्छौ अनि बल्ल राहतको काम अघि बढ्छ,’ । यो सिजनमा अधिकांश किसानहरुले सावित्री, रामधान र हाइब्रिड धान लगाएका थिए । बर्षाले वडा नम्बर १ मा मात्र करिब १७ वटा कुलो समेत भत्काएको बताइएको छ ।

हिउँदमा जथाभाबी घाटबाट गिटी, बालुवा ढुङ्गा उठाउने र किसानहरूको कुलो बिगार्ने क्रम समेत बढेकाले बाढी खेतमा पसेको कृषि ज्ञानकेन्द्र गोरखाकी प्रमुख मिरा चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button