तपाईँ सुन्दै हुनुहुन्छः

महिलाको शव फेला 

बाँके । बाँके, नेपालगञ्ज उपमहानगरपालिका १४ स्थित बालेगाँउको लिप्टिस घारीमा एक महिलाको शव फेला परेको छ ।

३५ देखि ४० बर्ष उमेर समूहको देखिने अन्दाजी ५ फिट २ इन्च उचाई रहेको महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । पहिचान खुल्न नसक्ने अवस्थामा रहेको मृतक महिलाले हातमा चुरा र खुट्टामा चाँदीको पाउजु लगाएको, कालो लेगिस्नमा कालो सेतो छिर्केमिर्के बुट्टा भएको कुर्ता लगाएको छ । 

मृतक बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button