तपाईँ सुन्दै हुनुहुन्छः

अभ्यास खेल : नेपाल वुमन्स टोलीद्वारा श्रीलङ्का पराजित

काठमाडौँ । श्रीलङ्कामा हुने वुमन्स एसिया कपको तयारीमा रहेको नेपाली महिला टोलीले मङ्गलवार अभ्यास खेल जितेको छ ।

तेस्रो अभ्यास खेलमा नेपाली टोलीले श्रीलङ्का वुमन्स डेभलप्मेन्टलाई २ रनले हराएको हो । यसअघिका सोही टोलीसँगको दुवै अभ्यास खेलमा नेपाल पराजित भएको थियो ।

१ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का वुमन्स १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सक्यो । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो ।

यसअघि नेपाल पहिलो खेलमा ३३ रन र दोस्रो खेलमा ४ विकेटले पराजित भएको थियो । श्रीलङ्कामा शुक्रबारदेखि देखि सुरु हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ । नेपाल रहेको समूहमा भारत, पाकिस्तान र युएई छन् । नेपालले शुक्रबार युएईसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल पाकिस्तानसँग साउन ६ र भारतसँग साउन ८ गते खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button